भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आजेदेखि सुरु हुँदै


काठमाडौं । भारत र श्रीलंकाबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आज सुरु हुँदैछ।

तीन एकदिवसीय र तीन टी–ट्वान्टी क्रिकेट श्रृङ्खला खेल्न भारतीय टोली श्रीलंकाको राजधानी कोलम्बो पुगेको छ।

श्रीलंकाको कप्तानी अलराउण्डर दासुन सानकाले गर्नेछन् भने भारतको नेतृत्व ओपनर ब्याट्स्म्यान शिखर धवनले सम्हाल्नेछन्।

एक दिवसीय श्रृंखलाको पहिलो खेल नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजे सुरु हुनेछ । ३ एकदिवसीय खेलपछि २५ जुलाईमा ३ वटा टी ट्वान्टी श्रृखंला सुरु हुनेछ।