काठमाण्डौं । नेकपा एमालको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी प्रदर्शन गरेका छन् ।
सोमबार (आज) युवा संघको काठमाडौं क्षेत्र नम्बर २ का कार्यकर्ताले माधव नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहितका नेताहरुले विश्वासको मत दिएका थिए । सोही घटनालाई लिएर नेता नेपालविरुद्ध नाराबाजी भएको हो ।
युवा संघका कार्यकर्ताले सांकेतिक रुपमा नेता नेपालको दाहसंस्कार पनि गरेका छन् । तर प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो ।
ए.के. सञ्चार । ४ श्रावण २०७८, सोमबार १८:२७