एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बस्‍ने बैठक आज दिउँसो ३ बजे बस्नेछ ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा हिजो जारी बैठककै एजेन्डामा आज पनि छलफल हुनेछ ।

अध्यक्ष केपी शर्मा ओली पक्षका आठ जनासहित २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।