जसपा संसदीय दलको नेताको चुनाव शनिबार हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको छान्ने भएको छ । संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन ।

विहीबार (आज) बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको हो ।