सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी

काठमाण्डाै । सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी भएको छ । न्यूनतम साझा कार्यक्रम केहीबेर अघि सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यबीच छलफल समेत भएको छ ।

बालुवाटारमा सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन अनुसार अगाडि बढ्ने भन्नेबारे छलफल भएको हो । साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत विषय समेटिएको छ। न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आजै सार्वजनिक गर्ने तयारी रहेको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको हो ।