लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा साढे १२ बजेसम्म होल्ड गर्ने

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशले मुख्यमन्त्रीको राजीनामाको विषय साढे १२ बजेसम्म होल्ड गर्ने भएको छ ।

मन्त्रिपरिषद्‍पछि संसदीय दलको बैठकमा जुटेको एमालेले सर्वोच्‍च अदालतको अन्‍तरिम आदेशको आशमा साढे १२ बजेसम्‍म कुर्ने भएको हो ।

आजै १ बजे विपक्षीले राखेको अविश्‍वासको प्रस्तावमाथि छलफल हुने भएकोले अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने या अविश्‍वासको प्रस्ताव फेस गर्ने भन्‍ने निर्णय लिन सकेका छैनन् ।

सरकारका स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले अहिलेसम्म राजीनामाको निर्णयमा नपुगेको बताए । उनले कानुन सम्बत् विधि पद्वति मानेर अघि बढ्ने भन्दै उनले साढे १२ बजेसम्म आफूहरू छलफलमै रहने प्रतिक्रिया दिए ।