राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।

अध्यादेशमा संसदीय समिति र केन्द्रीय समितिको २० प्रतिशत भए दल विभाजन गर्न मिल्ने उल्लेख रहेको छ । त्यस्तै प्रदेश र स्थानीय तहमा दल विभाजन भएको २१ दिनभित्र कुन पार्टीमा जाने भनी सदस्यहरुले रोज्न पाउने व्यवस्था थपिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌ बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।