नवगठित नेकपा (एकीकृत समाजवादी) को बैठक सुरू

  ।   १३ भाद्र २०७८, आईतवार १२:४०

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) ले संसदीय दल गठन गर्न आज बैठक बसेको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा आज सांसदहरूसहित बैठक बसेको हो।

बैठकमा बोल्दै अध्यक्ष नेपालले संसदीय दलको गठन गर्न बैठक गरिएको बताए । नेकपा (एकीकृत समाजवादी) मा ५ जना स्थायी कमिटी सदस्य छन्।

अध्यक्ष नेपालले वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतमा रहेको र उनी छिट्टै नेपाल आउने बताए। आजको छलफलको एजेन्डा संसदीय दल गठन, त्यसका लागि विधान बनाउने र पारित गर्नेजस्ता एजेन्डा छन्।

Next Post

कालिकोटमा जिप दुर्घटना हुँदा एकको मृत्यू, ११ घाईते

१३ भाद्र २०७८, आईतवार १२:४०
कालिकोट । कर्णाली करिडोरको आम्तडामा आज जिप दुर्घटना हुदाँ चालकको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । कर्णाली करिडोर अन्र्तगत आम्तडामा क १ ज २३ नम्बरको जिप दुर्घटना भएको थियो । मानसरोवर रारा यातायातको उक्त जिप दुर्घटनामा परि सान्नी त्रिवेणी गाउँपालिका वडा नं। १ का विक्रम गिरीको […]