२०८२ जेठ ६ , मंगलबार

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्धारा पदबाट राजीनामा



काठमाण्डौ । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् ।

नवगठित नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका खनालले आज बिहान पदबाट राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् ।

प्रकाशित मिति : २०७८ भदौ १६ गते बुधबार