प्रचण्ड–माधव नेपालबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच ‘वान टु वान’ वार्ता सकिएको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वान टु वान वार्ता भएको हो ।

वार्ता के विषयमा केन्द्रीत भयो भन्ने बारेमा खुलेको छैन । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने समसामयिक राजनीतिक विषयमा छलफल हुनसक्ने बताए ।