काँग्रेसको १४ औँ महाधिवेशनका आज देखि  वडा तहको अधिवेशन सुरु

सुर्खेत । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि शुक्रबार (आज) देखि वडा तहको अधिवेशन सुरु भएको छ ।

१० वटा जिल्ला रहेको कर्णालीका ८ जिल्लाका  वडा तहमा अधिवेशन सुरु भएको छ।  सुर्खेत र डोल्पामा सदस्यता विवादका कारण अधिवेशन अनिश्चित बनेको काँग्रेस स्रोतको भनाई छ ।

केन्द्रीय कार्यतालिका अनुसार यही भदौ २३ गतेसम्म वडा अधिवेशन गरिसक्नुपर्ने कार्यतालिका छ । काँग्रेस नेता जीवनबहादुर शाहीले कर्णालीका अधिकांश ठाउँमा आजदेखि वडा तहको अधिवेशन सुरु भएको  जानकारी दिए ।