नेपालको हित विपरित एमसीसी, सुर्खेतमा पनि विरोध

सुर्खेत । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हित विपरित रहेको भन्दै चौतर्फी विरोध सुरु भएको छ ।

राष्ट्रघाती एमसीसी तत्काल खारेजीको माग राख्दै सुर्खेतमा राष्ट्रिय जनमोर्चाले विरोध प्रदर्शन गरेको हो ।

राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु बेला आएको भन्दै राष्ट्रहित विपरितको अमेरिकी परियोजनामा नेपालबाट विस्थापन गर्न जरुरी रहेको जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले जानकारी दिए । आफूहरुले विगतदेखी नै विरोध गर्दै आएकोले यो अभियानमा सबै नेपालीहरुलाई साथ दिन उनले आग्रह गरे ।