सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने

काठमाडौँ । सरकारले गायिका विष्णु माझीलाई विभुषण प्रदान गर्ने भएको छ । नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका माझीलाई सरकारले विभुषण दिने तयारी गरेको हो । विभुषण प्रदान गर्ने सूचिमा उनको पनि नाम समावेश रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।  यसपटक विभुषित हुने उनी एक्ली गायिका हुन् ।

नायिकामा भने केकी अधिकारी पनि सरकारबाट संविधान दिवसका दिन प्रदान गरिने विभुषणको सुचिमा परेकी छन् । संविधान दिवस २०७८ का अवसरमा नायिका अधिकारीसहित नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि विभुषण प्रदान गरिने भएको छ ।

सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ । उक्त विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ ।