एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा अहिले ११ बजे बैठक बस्न लागेको हो ।

आज र भोलि बस्‍ने बैठकमा विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।