‘दश खाेलि तरे’ गीतकाे म्युजिक भिडियो बजारमा

सुर्खेत । विश्व योन्जन लामाकाे स्वरमा ‘दश खाेलि तरे’ बाेलकाे गीत बजार आएकाे छ । वैदेशिक राेजगारमा गएका नेपालीहरु चाडपर्वमा घर बिदामा आउन नपाउँदाकाे पीडा यस गीतको म्युजिक भिडियो मार्फत देखाउन खाेजिएकाे छ ।

आधुनिक लाेक शैलीमा रहेकाे उक्त गीतमा शब्द दिपा केसि र संगीत गायक लामाकाे रहेकाे छ ।

साे गीतकाे म्युजिक भिडियोमा दिनेश थापा, गङ्गा राई र प्रमित राईकाे अभिनय देख्न सकिन्छ ।

दिनेश पराजुलिकाे छायाँकन रहेको भिडियोमा दिनेश थापाको निर्देशन तथा कोरियोग्राफी रहेको छ । उक्त गीतकाे म्युजिक भिडियो युनिक भिजन ईन्टरटेन्मेनटमा सार्वजनिक भएको छ ।