सुनको मूल्य ३०० रूपैयाँ घट्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ कायम गरिएको छ।

छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ३०० मा कारोबार भएको थियो । त्यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ। सोमबार प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा मंगलबार प्रतितोला पाँच रुपैयाँले घटेको छ। सोमबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार प्रतितोला एक हजार १५५ रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।