नेप्से ७० अंकले घट्यो, कारोबार ५ अर्बमा सीमित

काठमाडौं : सोमबार ७३ अंकले घटेको नेप्से परिसूचक मंगलबार पनि ७० अंकले घटेको छ। आज नेप्से ७० दशमलव ०१ अंकले घटेर दुई हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ।

नेप्सेसँगै आज सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेर चार सय ९४ दशमलव ४२ अंकमा झरेको छ। मंगलबार कारोबारमा आएका दुई सय १८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ रुपैयाँमा किनबेच भयो।

नेप्सेको निरन्तर गिरावटसँगै कारोबार रकम पनि घट्दै गएको छ। मंगलबार उपसमूहतर्फ वित्त समूहको सूचक धेरैले घटेको छ। यो समूहको सूचक ७ दशमलव ३७ प्रतिशतले घटेको छ भने यससँगै हाइड्रोको ४ दशमलव ७४, लगानी ३ दशमलव ९३, निर्जीवन बीमा २ दशमलव ७८, माइक्रोफाइनान्स २ दशमलव २३ प्रतिशतले सूचक घटेको छ।

कारोबारमा आएका सबै समूह राताम्मे बन्दा १ सय ७३ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मात्रै शेयर मूल्य बढेको छ। बढ्नेमा मनकामना स्मार्ट लघुवित्तको १० प्रतिशतले, मैलुङ खोला जलविद्युतको ९ दशमलव ९९ प्रतिशतले बढेको छ।

घट्नेमा भने हिमालयन पावर र नेपाल हाइड्रो डेभलपर्सको १० प्रतिशत, गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावरलगायतका कम्पनीको भने सर्किट लेबलमै मूल्य घटेको छ।