जिपले ठक्कर दिदा पाँच विद्यार्थी घाइते

सल्यान । सल्यानमा डबल क्याप जिपले ठक्कर दिदा छहारीमा बसेका पाँच विद्यार्थी घाइते भएका छन् । बागचौर देखि सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जीपले शारदा नगरपालिका–२ बाङ्गेसल्लामा शुक्रबार (बिहान) रुखको छहारीमा बसी रहेका विद्यार्थीलाई ठम्कर दिएको हो ।

जीपले ठक्कर दिदा सल्यान शारदा नगरपालिका – ६ बरलाका अन्दाजी १८ वर्षीया मिना परियार, शोही ठाउँकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी, १६ वर्षिया सुशिला नेपाली, १८ वर्षीया दिपा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते मध्ये सुशिला, दिपा र सुनिताको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अजुर्न पौडेलले जानकारी दिए । घाइते पाँचै जनाको श्रीनगर स्थित मेट्रो अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको उनको भनाई छ ।

जीपको ओभर स्पिडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको पौडेलको भनाई छ । जीपमा सवार अन्य तीन जनालाई भने केही नभएको उनले बताए ।