
काठमाडौं । नेपाली कांग्रेस कालीकोटको सभापतिमा अम्मबहादुर शाही सर्वसम्मत निर्वाचित भएका छन् । उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही सर्वसम्मत भएका छन् ।
त्यस्तै सचिवमा नगेन्द्र विष्ट र मातृका सिंह सर्वसम्मत चयन भएका छन् । सभापति शाही कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।


प्रकाशित मिति : २०७८ असोज १७ गते आइतबार