गायिका टिका पुनको “माया छैनर” गीतको भिडियो सार्वजनिक

सुर्खेत । गायिका टिका पुनको स्वरमा रहेको गीत “माया छैनर” भिडियो सहित सार्वजनिक भएको छ ।

सो गीतमा प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको छ । सधै लोकगितमा रमाउने गायिका पुनले यसपटक आधुनकि गीत गाएर दर्शकको मन जित्न सफल भएकि छन् ।

अनिल कृष्ण मानन्धरको निर्देशक तथा छायांकन रहेको गीतको एरेन्ज महाराज थापाले गरेका हुन् । त्यस्तै भिडियाकोे सम्पादन श्याम कुमारले गरेका हुन् ।

उक्त गीत पुनले आफ्नो अफिसियल युट्युव च्यानल टिका पुन नामबाट सार्वजनिक गरेकी छन् ।