काँग्रेस कालिकोटकाे महासमिति सदस्यमा तारा शाह निर्विरोध

कालिकोट । नेपाली काँग्रेस कालिकोटको ७औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । ७औँ जिल्ला अधिवेशन अन्तरर्गत सोमबार तारा शाह निर्विरोध चयन भएकी छन् ।

शाह नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रीय सदस्य, नेपाली काङ्ग्रेस निर्माण विभागका केन्द्रीय सदस्य एंव सुपर स्टार कन्ट्रक्सन कि प्रवन्धक निर्देशक समेत रहेकि छन् । उनि महादेव आवासीय विद्यालयका पुर्व प्रधानाध्यापक समेत हुन् ।

तारा शाह नेपाली काँग्रेस कालिकोटको ७औँ जिल्ला अधिवेशनबाट पार्टी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य पदमा सर्वसहमत चयन भएकी हुन् ।