विश्वकप क्रिकेट : नामिबियासँग स्कटल्याण्ड पराजित

काठमाडौं : नामिबियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्याण्डलाई पराजित गरेको छ। आबुधाबीमा बुधबार राति नामिबियाले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो।

यससँगै नामिबियाले विश्वकपको सुपर १२ मा पहिलो पटक जित निकाल्न सफल भएको छ। नामिबिया पहिलो पटक सुपर १२ प्रवेश गरेको हो।

स्कटल्याण्डले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो।नामिबियाको जितमा जेजे स्मिथले अविजित रहदै ३२ रन बनाए। यस्तै क्रेग विलियम्सले २३ रन जोडे । माइकल भानले १८ तथा डाविड विएसले १६ रन बनाए।

स्कटल्याण्डका माइकल लास्कले दुई तथा क्रिस ग्रेभ्स, ब्राड ह्विल, मार्क वाट र साफ्यन शारिफले १र१ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो। स्कटल्याण्डका लागि माइकल लास्कले ४४ रन जोडे। यस्तै क्रिस ग्रेभ्सले २५ रन जोड्दा म्याथ्यु क्रसले १९ रन बनाए।​

नामिबियाका रुबेन ट्रम्पेलमानले ३ तथा जान फ्राईलिंकले २ विकेट लिए।