सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।