एमाले सुर्खेतको जिल्ला अधिवेशनका लागि मिति तय

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेतको जिल्ला अधिवेशनका लागि मिति तय गरिएको छ । एमाले सुर्खेतको आठौं जिल्ला अधिवेशन पुस २३ र २४ गते हुन लागेको हो ।

आठौं जिल्ला अधिवेशनका लागि सहभागी हुने प्रतिनिधी पुस १७ गतेभित्र वडाबाट छनोट गरिने छ । वडाबाट प्रतिनिधी छनोट गर्दा अन्य जाती तथा जनजाती क्षेत्रबाट ३० जना पार्टीका क्रियाशिल सदस्य बराबर १ जना प्रतिनिधी र दलित क्षेत्रबाट २० जना बराबर १ जना प्रतिनिधी छनोट हुने भएका छन् ।

सुर्खेत जिल्लामा ९९ वडा छन् । जसमा एमालेका एक हजार दुई सय ८० जना पार्टीका क्रियाशिल सदस्य रहेका छन् ।जिल्ला अधिवेशनले एक सय पाँच जना कार्यसमिति सदस्य चयन गर्ने पार्टीका अध्यक्ष ध्रुबकुमार शाहीले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।