कर्णालीमा राष्ट्रिय सभा सदस्यमा सत्तारूढ गठबन्धनकै उम्मेदवार विजयी

सुर्खेत । कर्णाली प्रदेशका तीन जना राष्ट्रिय सभा सदस्यमा सत्तारूढ गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।

निर्वाचित हुनेमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारमध्ये नेपाली काँग्रेस महिलातर्फ दुर्गाकुमारी गुरुङ (सुर्खेत), माओवादी केन्द्र अपाङ्गतातर्फ नरबहादुर विष्ट (सुर्खेत) र खुलाबाट नेकपा एकीकृत समाजवादीले उदय बोहोरा (सल्यान) रहेका छन् । उनीहरुले नेकपा एमालेका महिलातर्फ गंगा थापा महत (जुम्ला), अपाङ्गता/अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) र खुल्लातर्फ चुडामणि शर्मा (सुर्खेत) लाई पराजित गरेका हुन् ।

मत परिणाम अनुसार गठबन्धनबाट महिलातर्फ दुर्गा गुरुङले १०९ मत प्राप्त गरेकी छन् । भने एमालेकी गंगा थापा महतले ४४ प्राप्त गरेकी छन् । यस्तै अपांग/अल्पसंख्यकतर्फ गठबन्धनकै नरबहादुर विष्टले १११ मत प्राप्त गरेका छन् । भने एमालेका पदमबहादुर माझीले ४३ मत प्राप्त गरेका छन् । खुलातर्फ उदय बोहोराले ११११ मत प्राप्त गरेका छन् । भने एमालका चुडामणि शर्माले ४४ मत प्राप्त गरेका छन् ।

जम्मा खसेको मतमध्ये महिला तर्फ स्थानियमा २ मत बदर भएको छ । भने प्रदेशतर्फ १ मत खालि परेको थियो ।