नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार

काठमाण्डौ । नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । दुई महिनादेखि भारतको दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको हो ।

दलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँ दिल्ली हुँदै खाडी देश यूएई जान हिँडेकी मोरङ सुन्दरहरौँचाकी ३२ वर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो ।

उर्जेन लामा नाम गरेका व्यक्तिले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँ दिल्ली पुर्याइएको र त्यहाँबाट पर्यटन भीसामा दुबई लैजाने बताए पनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उनले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खबर गरेका थिए ।

लामो समय बन्धकजस्तै भएको र उपचार समेत नपाएको गुनासोपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा उद्धार गरिएको मन्त्रालयले जनाएको छ । उर्जेन लामाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।