एमसीसीका लागि कर्मचारी भर्ना गरिँदै

काठमाडौं । संघीय संसद्बबाट पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का लागि सरकारले कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरु गरेको छ ।

अमेरिकी एमसीसीको अनुदानमा सञ्चालन हुने यस परियोजनाका लागि पहिलो चरणमा विभिन्न पदमा गरी १० जना कर्मचारी माग गरिएको अर्थमन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयअन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले मंगलबार नै विभिन्न १० वटा पदमा कर्मचारी भर्ना गर्नका लागि आवेदन माग गरेको हो ।