सल्यानको आधारभूत विद्यालयमा आगलागी, सम्पूर्ण सामग्री जलेर नष्ट

सल्यान । सल्यानको बाग्चौर नगरपालिका–९ को लिउरेबारीस्थित लोकतान्त्रिक आधारभूत विद्यालयमा आगलागी भएको छ । आगलागीबाट विद्यालयको अफिस कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

विद्यालयमा भएको आगलागीबाट भएका सामग्री जलेर नष्ट हुँदा १ लाख ९३ हजार हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि अर्जुन पौडेलका अनुसार विद्यालयमा केही दिन अघिदेखि नै आगलागी भएको पाइएको छ । विद्यालयको कार्यालयमा कसले आगलागी गरेको भन्ने बारेमा नखुलेको उनले जानकारी गराए । घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ ।