काठमाडौं । नेपालमा सुनको मूल्य कीर्तिमानी विन्दुमा पुगेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
चाँदीको मूल्य बुधबार १४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बढेको हो ।


प्रकाशित मिति : २०७८ फागुन २५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्