सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ लाख दुई हजार आठ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको भाउ १० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ आज तोलामा १४ सय २५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।