खेल क्षेत्रकाे बिकासका लागि सरकारले पूर्वाधार निर्माण गरेको: मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रकाे बिकासका लागि सरकारले पूर्वाधार निर्माणसँगै खेलाडी प्राेत्साहनलाई प्राथमिकतामा राखेकाे बताएका छन् ।

मंगलबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आयाेजना गरेकाे खेलाडीसँग मुख्यमन्त्री कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा पहिलाे पटक प्रदेश गाैरवकाे रंगशाला निर्माणका साथै १० वटै जिल्लामा खेलकुदका पूर्वाधार निर्माण भइरहेकाे बताए ।

उनले नेपालमै पहिलाे पटक भलिवलकाे अन्तरास्ट्रिय कवर्डहल निर्माणसँग १० ओैं राष्ट्रिय खेलकुद प्रतियाेगीता आयाेजना गर्नका लागि पूर्वाधार निर्माणमा सरकार लागिरहेकाे बताए ।

`कर्णालीमा खेलकुदका पूर्वाधार नहुँदा अहिलेसम्म राष्ट्रिय प्रतियाेगीता हुन सकेका छैनन्,´ उनले भने, `अब कर्णालीले १० ओैं राष्ट्रिय खेलकुद प्रतियाेगीता आयाेजना गर्ने गरेर पूर्वाधार निर्माणमा लागिरहेकाे छ ।´

मुख्यमन्त्री शाहीले खेलाडी प्राेत्साहनसँग खेलाडी उत्पादनमा सरकारकाे ध्यान केन्द्रीत रहेकाे बताए । उनले कर्णालीबाट प्रतिनिधित्व गरेर अन्तरास्ट्रिय पदक ल्याउने खेलाडीहरूलाई प्राेत्साहनसँगै पुरस्कृत गर्ने गरिएकाे जानकारी दिए ।