रुख काट्दै गर्दा हाँगा खसेर लाग्दा एक किशोरीको मृत्यु

सुर्खेत। वीरेन्द्रनगरमा रुख काट्दै गर्दा हाँगा खसेर लाग्दा एक किशोरीको मृत्यु भएको छ । आइतबारमा वीरेन्द्रनगर नगपालिका–१ मा रहेको कृष्ण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा किशोरीको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर नगपालिका–१ की ११ वर्षीय सुन्तली हाराकोटीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार रूख काट्दै गर्दा हाँगा खसेर उनको शरिरमा लागेर घाइते भएपछि उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको थियो ।उक्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।