एमालेको पोलिटव्युरो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको पोलिटव्युरो बैठक आज बस्दै छ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बिहान ११ बजे कार्की व्यांक्वेट बबरमहलमा बस्ने बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमालेले जनाएको छ ।

निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । यसैगरी चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने तय भएको छ ।