२०८२ भदौ २९ , आइतबार

तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि बुढा र भण्डारीलाई




जुम्ला । तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ दुर्गबहादुर बुढा र महिलातर्फ शारदा भण्डारीले चुमेका छन्।

कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जुम्ला सदरमुकाम खलंगादेखि मुगुको रारातालसम्म ४९ किलोमिटिर दूरीको म्याराथन आयोजना गरेको थियो। बुढाले ५ घण्टा २ मिनेट २० सेकेण्डमा उक्त दूरी पार गरेका थिए। उनले बुढाले जुम्ला(रारा म्याराथनको तीनवटै उपाधि जितिसकेका छन्।

यस्तै‚ दलबहादुर कुँवर ५ घण्टा ५ मिनेट ४९ सेकेण्डमा दूरी पार गर्दै द्वितीय भएका छन्। त्यस्तै‚ वेदबहादुर सुनारले ५ घण्टा ८ मिनेट ४७ सकेण्डमा दूरी पार गरी तृतीय भएको क्लबका सहसचिव धनराज सुनारले जानकारी दिए।

महिलातर्फ शारदा भण्डारीले ६ मिनेट ३४ मिनेट ४१ सेकेण्डमा दूरी पार गरेकी छन्। गणना भण्डारी ६ घण्टा ५९ मिनेट ४२ सेकेण्डमा दूरी पार गरी द्वितीय र मञ्जु रावतले ७ घण्टा ३४ मिनेट ३८ सेकेण्ड दूरी पार गरेर तृतीय स्थान हासिल गरेका छन्।

प्रतियोगितामा ७६ जना सहभागी भएका थिए। तीमध्ये ७२ जनाले दूरी पार गरेका थिए। ७६ जनामध्ये १५ जना महिला छन्।

प्रतियोताको प्रथमले एक लाख २५ हजार‚ द्वितीयले ६२ हजार ५००, तृतीयले ३७ हजार ५०० र सान्त्वना हुने ७ जनाले ६ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

प्रकाशित मिति : २०७८ चैत २७ गते आइतबार