आज सुनको मुल्यमा गिरावट, यतिमा हुँदै छ कारोबार

काठमाडौं । आज नेपाली सुन,चाँदी बजारमा सुनको मुल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मुल्य तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मुल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । चाँदीको मुल्य पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।