इन्डियन प्रिमियर लिगमा पञ्जाबमाथि लखनउको सानदार जित

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सलाई पराजित गरेको छ । गएराति पुणेमा भएको खेलमा लखनउले पञ्जाबलाई २० रनले हराएको हो । लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाएको थियो । पञ्जाबका लागि जोनी बेयर्सटोले ३२ तथा कप्तान मायाङ्क अग्रवालले २५ रन बनाए । त्यस्तै ऋषि धवन २५ रनमा अविजित रहेका थिए ।

लखनउका मोसिन खानले ३ तथा दुश्मन्था चामिरा र कुर्नाल पाण्डेयले २,२ विकेट लिएका थिए भने पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । लखनउका क्विन्टन डी ककले ४६ तथा दिपक होडाले ३४ रन बनाएका थिए भने पञ्जाबका कागिसो राबडाले ४ तथा राहुल चाहरले २ विकेट लिएका थिए । लखनउको यो छैटौँ जित हो । लखनउ अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लखनउको ९ खेलमा १२ अङ्क छ । सातौँ स्थानमा रहेको पञ्जाबको ९ खेलमा ८ अङ्क छ ।