स्थानीय निर्वाचनमा लोसपालाई नै भोट किन ? केन्द्रीय नेता नवराज लम्साल

नवराज लम्साल

काठमाडौं ।यतिबेला राष्ट्रिय राजनीतिमा असार पन्ध्र लागेको छ । अर्थात स्थानीय निर्वाचनले सबै दलहरूलाई जनताको माझमा जान र जनअनुमोधित् भएर पाँचबर्ष स्थानीय सत्ता संचालन गर्दै स्थानीय स्तरमा पार्टीको जरा गाड्नको लागि सबै राजनीति दलको लागि अवसर र चुनौति भएकोले यो चुनावी महासंग्राममा स्वतन्त्र उमेदवार देखि पार्टी उमेदवारहरू विभिन्न नाराको साथ उत्साहपूर्ण सहभागीता जनाईरहेका छन् । यतिबेला बजमझियाको पेडा पसलहरूको होडबाजी जस्तो हरेक पार्टीले अनेकौं प्रकारको सस्तो लोकप्रयताको लागि र जनतालाई दिगभ्रमित बनाउनको लागि अनेकन पपुलिस्ट एजेन्डा बोकेको देखिन्छ । जुन आफैमा कति समय सान्दर्भिक छ र यसले जनतालाई कति सम्पन्नता बनायो भन्ने बिषयमा बुझ्न र विश्लेषण गर्न जरूरी छ । यस लेखमा हामी लोकतान्त्रिक सामाजबादी पार्टीको बारेमा बुझाउने जमर्को गर्नेछौ ।

आज नेपाली जनताले दैनिक रूपमा सबैभन्दा बढी सरोकार राख्ने, जिम्मेवारीवोध गर्ने, जनताको वीचमा रहेर राष्ट्र निर्माणमा तदारुकता र सक्षमताको साथ काम गरेर नमुना बन्ने कार्याकारी अधिकार सहितको स्थानीय सरकार हाँक्ने अवसर भएकोले राजनीतिमा चेत भएका सबै प्रकारको व्यक्ति, मतदाताले यो निर्वाचनमा योग्य पार्टी र योग्य नेता छान्न नितान्त जरूरत छ । संमृद्ध नेपाल निमार्णको लागि यो निर्वाचनको जित( हार र यसले समग्र राजनीतिमा पार्न सक्ने दुरगामी प्रभावको कारणले पनि यो निर्वाचन असाध्यै महत्त्वपूर्ण रहेको छ ।

नेपाली राजनैनिक धरातलमा पछिल्लो समय जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी राजनीतिक नेतृत्वको हिसावले जनताको सबल एजेन्डा र चट्टानी अडानको बीच पाको र समकालीन राजनीतिमा सबभन्दा बढी त्यागी, एजेन्डामा दृढ र मधेस मुक्तिगामी यौद्दा, शन्त नेताको पहिचान स्थापित गर्नुभएको श्रद्धेय नेता महन्थ ठाकुरको नेतृत्वको कारण यो पार्टी राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिरपरिचित् र मधेसको मूलधारको पार्टीको रूपमा चर्चित छ ।

यो संगै यस पार्टीमा विभिन्न बिरासत र आन्दोलनबाट खारिएका नेता राजेन्द्र महत्तो, नेपाली संसदीय इतिहासमा सबभन्दा वढि पटक मन्त्री बनेर आफूलाइ संसदीय राजनैतिक खेलाडीको रूपमा अव्वल सावित हुनुभएको अनुभवी नेता सरदसिंह भण्डारी, बौद्दिक र क्षमताबान नेता अनिलकुमार झा, बिकासवादी र संन्तुलनकारी नेता सर्वेन्द्रनाथ शुक्ल, प्रशासनिक अनुभवी नेता उमाकान्त झा, जितेन्द्र शोनाल जस्ता दर्जनौ शीर्ष नेताहरूको संघर्ष, त्याग, अनुभव र योगदान भएका अघिल्लो पुस्ताको नेता र डा सुरेन्द्र झा, केशव झा, जय निसान्त, मुकेश झा जस्ता यूवा पुस्ताको चर्चित स्थापित नेताहरू भएको पार्टी लोसपाले लोकतान्त्रिक समाजवादको चरित्र, संरचना र अभ्यास गर्दै एक्काईसौ शताब्दीको एक जिम्मेवार राजनीतिक शक्तिको रूपमा आफूलाई उभ्याएको छ ।

लोसपा मूलतः महिला, मधेसी, शिल्पीर दलित, थारू, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक, सीमान्तीकृत,विपन्न वर्ग र अधिकारबाट वञ्चित भएको बहिष्करणमा परेको तल्लो वर्गको आवाज पार्टीको रूपमा हिमाल, पहाड, मधेस तराईमा स्थापित हुदैछ । लोसपाले लोकतन्त्रको मर्म, दर्शन, विचार, सिद्धान्त, मूल्य, मान्यता, अभ्यास र संस्कारलाई व्यावहारिक रूपमा नै ग्रहण गरेको छ । यसले सांस्कृतिक, भाषिक, जातीय, लैङ्गिक र क्षेत्रीय विविधतालाई पूर्ण सम्मान गर्दै समानुपातिक समावेशीता र समतामूलक समाज निर्माणमा प्रतिवद्द छ ।

लोसपाले स्थानिय तह निर्वाचन २०७९ घोषणापत्र भरखरै सार्वजनिक गरेको छ । यस पार्टीले  केही गरियो, अझै गर्न सकिन्थ्यो तर धेरै गर्न बाँकी छ भन्दै सबल, सक्षम र श्रोत साधन सम्पन्न स्थानीय सरकारको परिकल्पना गरेको छ । स्तरीय खानेपानी, अनवरत विध्धुत प्रवाह र नियमित टोल, गाउँ र नगर सरसफाइमा आवस्यक व्यवस्था, सहज छरितो र प्रभावकारी सेवा प्रवाह, सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, निसुल्क र व्यावहारिक सबै तहको सिक्षा, महिला मैत्री पुर्वाधार एवम् विशेष सुबिधाको व्यवस्था, कृषि सेवा बिस्तार, सिंचाइ एवम् प्रभावकारी वजार व्यवस्थापन, एक पालिका एक उत्पादन, चुरे जोगाउँ मधेस बचाऔं, शहरी हरित क्रान्ति, अनुशासित, सुशासित र भष्ट्रचार मुक्त स्थानीय सरकार, सामाजिक, सुरक्षाको प्रत्याभूति, विशेष नगर, विशेष अवसर, बिशेष व्यवस्था लगायतका बिषयवस्तु समेटिएको घोषणापत्र जारी गरेको छ ।

समावेशी र समतामूलक राज्य व्यवस्था भित्र देशको समृद्धि र विकासका लागि तराई–मधेश, पहाड र हिमालका विशिष्टतालाई समेट्दै मानवद्वारा मानवलाई गर्ने सबै प्रकारको शोषण, उत्पीडन र विभेदको अन्त्य तथा समतामूलक समृद्धिका पक्षधरहरूको स्थानीय तहमा प्रतिनिधित्व गर्न सक्तिशाली राजनीतिक पार्टीलाई बलियो बनाउनको लागि तमाम देशभक्त, राष्ट्रवादी, बिकास वादी न्यायप्रेमी जनसमुदायलाई साईकल चिन्हमा छाप लगाई लोसपाको स्थानीय उमेदवारलाई जिताउन हार्दिक आग्रह गर्दछु । अस्तु ।