भ्रष्टाचार गरी कमाउछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिने राजेन्द्र लिङदेनको भनाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनाव जितेर भ्रष्टचार गरी कमाउँछु भन्ने मनासाय बोकेर राजनितिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका छन् । राप्रपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचारीको आरोप लाग्यो भने एक जना व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीसँगै व्यक्ति र उसका सातपुस्ता सम्मलाई नराम्रो छाप पर्ने बताए । स्थानीय निर्वाचनमा आफ्ना उम्मेदावरले नगरपालिका र गाउँपालिकामा चुनाव जिते कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने र सबै बालबालिका र विद्यार्थीलाई शिक्षाको पहुँचमा जोड्ने उनको भनाइ छ । उनले देश विकासको लागि हामी साना दललाई एउटा मौका दिएर चुनाव जिताउन आग्रह गरे ।