नेपाल सबै जाति, भाषा, धर्म र समुदायको साझा मुलुक हो–प्रचण्ड

काठमाडौं । विविधतायुक्त सामुदायिक विशेषताले नै सुदृढ राष्ट्रिय एकता कायम हुने नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । उनले इस्लाम धर्मावलम्बीहरुको पर्व ई (ईद उल फित्र) को शुभकामना दिने क्रममा उक्त कुरा बताएका हुन्।

इस्लाम धर्मावलम्बीहरुको पर्व ई (ईद उल फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको उत्तरोत्तर शुभकामना व्यक्त गरेका छन् । नेपाल सबै जाति, भाषा, धर्म र समुदायको साझा मुलुक हो । विविधतायुक्त सामुदायिक विशेषताले नै देशमा सुदृढ राष्ट्रिय एकता कायम हुने बताए ।

राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धि हासिल गर्दै संविधानद्वारा निर्देशित समाजवादउन्मूख राज्यको दिशामा अगाडि बढ्नु आफूहरुको मुख्य प्राथमिकता रहेको बताउँदै उनले सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको व्यापक ध्रुवीकरणका बलमा समाजवादको आधार तयार पार्न सकिन्छ भन्ने तथ्यमा आफ्नै पार्टी स्पष्ट रहँदै आएको उल्लेख गरे।