यूईएफए च्याम्पियन्स लिगमा भिल्ला रियलमाथि लिभरपुलको जित

काठमाडौं ।यूईएफए च्याम्पियन्स लिग फुटबलको इंग्लिस क्लब लिभरपुल फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा गए राति भिल्ला रियललाई ३–२ गोलको संघर्षपूर्ण जित निकाल्दै लिभरपुल समग्रमा ५–२ को नतिजासहित उपाधि नजिक पुगेको हो ।पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । तर, दोस्रो लेगमा लिभरपुललाई जित निकाल्न निकै संघर्ष गर्नु पर्यो ।

खेलको तेस्रो मिनेटमा बोउलाए डीयाले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको ४१ औं मिनेटमा फ्रान्सिस कोक्विनलिनले गोल गर्दै भिल्लालाई २–० को अग्रता दिलाए ।खेलको ६२ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २–१ को स्थितिमा ल्याए ।

६७ औं मिनेटमा लुइस डियासले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।त्यसपछि खेलको ७४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३–२ को जित दिलाएका थिए ।यस्तै खेलको ८५ औं मिनेटमा इट्टिनेले रातो कार्ड पाएपछि भिल्ला १० खेलाडीमा समेटिएको थियो ।अब उपाधिका लागि लिभरपुलले म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ ।