सुर्खेत जिल्ला फुटबल संघको अध्यक्षमा रविन चन्द निर्विरोध निर्वाचित

सुर्खेत। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको जिल्ला फुटबल संघ सुर्खेतको अध्यक्षमा रविन चन्द निर्विरोध निर्वाचित भएका छन् । पूर्वनिर्धारित समय ९१० वैशाख०मा विवादका कारण चुनाव नभएकाले सातदोबाटोस्थित एन्फा मुख्यालयमै बिहीबार चुनाव भएको थियो ।

साधारण सभाले सुर्खेतको नयाँ कार्यसमिति १५ सदस्यीय चुनेको छ । दाबी मत नपरेकाले सबै सर्वसम्मत चुनिएका छन् । अध्यक्षमा रविनसँगै उपाध्यक्षमा चन्द्रकुमार श्रेष्ठ, ललितज‌ंग शाही र दर्शन थापा निर्विरोध निर्वाचित भए । सदस्यमा ममता राई, मान सिं गुरुङ, मदन रिमाल, दलबहादुर केसी, गोवर्धन खड्का, देविशरण गुरुङ, प्रकाश राना क्षेत्री, ईन्द्रलाल चौधरी, खगेन्द्रबहादुर विष्ट, भुपेन्द्र शाही र कृष्ण रावल छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय निर्वाचन ६ असारमा हुने घोषणा भइसकेको छ । त्यसका लागि एन्फाले ४८ वटै जिल्ला फुटबल संघलाई १० वैशाखसम्म चुनाव गरिसक्न निर्देशन दिएको थियो ।तर, शिरोमर क्लबबाट मनोनित भएर आएका चन्दको चुनावमा सहभागितालाई लिएर अन्योल सिर्जना भएको थियो । जसका कारण पूर्व निर्धारित समयमा चुनाव हुन सकेको थिएन । सहिद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेको आरसी–३२ क्लबका अध्यक्ष रहेका चन्दले एन्फाका दुई सदस्य संस्थाबाट आउन नपाउँने भन्दै सचिवालयले पत्र काटेको थियो ।

जिल्ला निर्वाचन तथा विवाद समाधान समितिले आरसी–३२ बाट राजीनामा दिइसकेकाले उनले सहभागी हुन पाउने बताएको थियो । सोहीअनुसार एन्फा सचिवालयले १९ वैशाखमा पत्र काट्दै एन्फामा आज निर्वाचन हुने बताएको थियो ।अध्यक्ष पदमा निर्विरोध निर्वाचन भएका चन्द एन्फा अध्यक्ष पदमा दाबेदारी दिने तयारी गरिरहेका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ निकट मानिन्छन् ।