पार्किङ गरी राखिएकाे दुई वटा गाडीमा आगजनी

सुर्खेत । वीरेन्द्रनगरमा पार्किङ गरी राखिएकाे गाडीमा आगजनी भएको छ । पार्किङ गरी राखिएकाे दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको हाे ।  गए राती जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार स्कार्पियो गाडी नेपाली कांग्रेस र मिनी बस नेकपा एमालेले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो । आज विहान करिव २ बजेको समयमा अज्ञात समूहले गाडीमा आगजनी गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

स्कार्पियोको पछाडीको टायर जलेको छ भने, मिनि बसको सबै सिटहरु जलेर सिसाहरु फुटेको छ। आगोलाई स्थानीयबासी र प्रहरीको सहायताले रातकाे ३ बजे नियन्त्रणमा लिएको थियो । आगजनी गर्ने ब्यक्तिहरुकाे खोजी कार्य भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ।