दिल्लीलाई हराउँदै इण्डियन प्रिमियर लिगमा चेन्नइ विजयी

काठमाडौं ।चेन्नइ सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न दोस्रो खेलमा दिल्ली क्यापिटल्समाथि सहज जित निकालेको छ। । भारतको मुम्बईमा आइतबार राति भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको हो।सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको २०९ रनको लक्ष्य भेट्न नसक्दा दिल्ली पराजित भएको हो।

दिल्ली १७ ओभर ४ बलमै अलआउट हुँदै १ सय १७ रनमा समेटिएको थियो। यो चेन्नईको चौंथो जित हो । जितसँगै चेन्नईले ११ खेलमा ८ अंक जोडेको छ। आइतबारको शानदार जितपछि चेन्नई आठौं स्थानमा उक्लिएको छ। दिल्ली भने ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ।