इन्डियन प्रिमियर लिग लखनउमाथि गुजरातको जित

काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको गुजरात टाइटन्स प्ले अफमा प्रवेश गरेको छ ।पुनेमा मंगलबार राति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुगेको हो ।गुजरात प्ले अफ पुग्ने पहिलो टोली बनेको छ । यस्तै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो ।लखनउका दिपक होडाले २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडेका थिए ।गुजरातका राशिद खानले ४ तथा यश ड्याल र साई किशोरले २र२ विकेट लिएका थिए ।

यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो । गुजरातका शुबमन गीलले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ खेले । डेभिड मिल्लरले २६ तथा राहुल टेवाटियाले अविजित २२ रन बनाए ।लखनउका आभेश खानले २ विकेट लिए ।जितसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ ।लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।