चितवनको भरतपुर महानगरपालिकामा रेणु दाहाल ९८ मतले अघि

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन् । उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन् ।२ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने एमालेक विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । सुवेदीलाई राप्रपाको पनि साथ छ ।

कांग्रेसका बागी उम्मेदवा जगन्नाथ पौडेलले ३९० मत पाएका छन् ।उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन् ।