बराहताल २ मा एमालेको प्यानल विजयी

सुर्खेत । जारी स्थानीय तहको मतगणना अनुसार बराहताल गाउँपालिका वडा नं. २ मा नेकपा (एमालले) को प्यानल नै विजयी भएको छ ।

मत परिणाम अनुसार एमाललेका भिम साउँदले नेकपा माओवादीका उम्मेदवारलाई करिव दुई सय मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उनले ६ सय ५६ मत ल्याउदा माओवादीका डिलबहादुर नेपालीलेले चार सय ४५ मत प्राप्त गरी पराजित भए । यस्तै नेपाली कांग्रेसका मनिराम पुरीले दुई सय ४९ मत प्राप्त गरे ।

पालिकामा पनि एमालेले अग्रता कायम गरेको छ । वडा नं. १ को मतगणना सकिदा तेस्रो स्थानमा रहेको एमाले वडा नं. २ मा अग्रता कायम गरेको छ । एमालेका पालिका अध्यक्ष घनश्याम पाण्डेले पाँच सय ८७ मत प्राप्त गरी अग्रता कायम गर्दा उपाध्यक्षमा दुर्गाकुमारी विष्टले ६ सय १७ मत प्राप्त गरेकी छन् ।

यस्तै यस अघि अग्रता कायम गरेका माओवादीका इश्वरभक्त सुनारले चार सय ३९ मत प्राप्त गरी एमालेलेलाई पछ्याइ रहेका छन् । माओवादीबाट उपाध्यक्षको उम्मेदवार बनेकी भुमिसरा टोमटाले चार सय ४० मत पाउदा कांग्रेसका पालिका अध्यक्ष उम्मेदवार भिम भण्डारीले तीन सय १६ भोट प्राप्त गरेका छन् ।

यस्तै कांग्रेसबाट उपाध्यक्ष बनेकी लक्ष्मी पुनमगरले दुई ७९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षका उम्मेदवार गोविन्द पुलामीले १५ र उपाध्यक्ष पदमा अविता शाहीले २० मत पाएकी छन् भने, नेकपा समाजवादीका अर्जुनकुमार बुचामगरले एक मत प्राप्त गरेका छन् ।