विप्लव समूहका प्रवक्ता विश्वकर्माको वडामा माओवादी विजयी

सुर्खेत। नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) को वडामा माओवादी केन्द्र विजयी भएको छ । प्रवक्ता विकको गृह जिल्ला कालिकोटको नरहरिनाथ गाउँपालिका–६ मा माओवादी केन्द्रका पौरम विक विजय भएका हुन् ।

विकले ३३६ मत ल्याएर विजयी भएका हुन् । विप्लव समूहका कट विक ९अखडा०ले २२१ मत ल्याएका थिए । कालिकोटका ९ वटै स्थानीय तह र ८२ वडामा नै विप्लव समूहले उम्मेदवारी दिएको थियो ।