अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण राष्ट्रियसभामा पेस गर्ने

  ।   १५ जेष्ठ २०७९, आईतवार १०:११

काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८÷७९ का आर्थिक सर्वेक्षण पेस हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन् ।

बैठकमा राष्ट्रियसभा सदस्य कमल पन्त प्रस्तावक भएर शुक्रबार पेस भएको किशोरी बलात्कारसम्बन्धी घटनामा हदम्याद पूर्ण रूपमा हटाउन माग गरिएको संकल्प प्रस्तावबारे पनि छलफल हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।

 

Next Post

जापानले दुई वर्षपछि विदेशी पर्यटकका लागि सिमाना खुला गर्यो

१५ जेष्ठ २०७९, आईतवार १०:११
काठमाडौं । दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ । जापानले कोभिड भाइरस नियन्त्रणका लागि विभिन्न कदम चालेको थियो । सन् २०२० मा सम्पन्न टोकियो ओलम्पिक खेलमासमेत विदेशी आगन्तुकहरूलाई प्रतिबन्ध […]