१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।

त्यस्तै बजेट स्रोतका रूपमा राजस्व १२ खर्ब ४० अर्ब ११ करोड संकलन गर्ने लक्ष्य सरकारले लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण उठाउनेछ भने ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने छ । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले बताए ।