अमेरिकामा स्नातक समारोहमै गोली चल्यो, १ जनाको मृत्यु

  ।   १८ जेष्ठ २०७९, बुधबार ०६:५७

काठमाडौं । अमेरिकाको विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यु अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अर्लियन्स प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका तीनै जना व्यक्ति स्नातक समारोहमा भाग लिन त्यहाँ आएका प्रहरी प्रवक्ता ग्यारी सिटले बताए । गत मंगलबार टेक्सासको उभल्देस्थित रोब इलिमेन्ट्री स्कूलमा एक बन्दुकधारीले गोली चलाउदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो ।

Next Post

आज एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया जाँदै

१८ जेष्ठ २०७९, बुधबार ०६:५७
काठमाडौं । आज एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया जाँदै । १९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया जाँन लागेको हो । छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार नै कार्यक्रम गरी विदाई गरेको छ […]